२० साउन, कपिलबस्तु – खोलाले बगाएर जिल्लाका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका–११ का १७ वर्षीय सागर चौधरी बुधबार भैँसी चराउन गएकामा खोलाले बगाएर बेपत्ता बनाएपछि उनको शव खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी विजयनगर गाउँपालिका–१ नौडिहवाका ४५ वर्षीय पुस्ते सुनार तथा रोल्पा घर भई विजयनगर गाउंपालिकामा आफन्तका घरमा आएका ५० वर्षीय मित्रे सुनारको विसहवा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जानकारी दिए ।