Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

संघ र प्रदेशको निर्वाचन मंसिरभित्रै गराउने योजनामा सरकार

Friday, August 4, 2017 National Power

२० साउन, काठमाडौं – आउँदो मंसिर महिनाभित्रै संघ र प्रदेशको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने योजनामा सरकार रहेको गृहमन्त्री जनार्दन शर्माले बताए ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग गृह मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा राजदूत ओगावाले दोस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण ढंले सम्पन्न गरेकामा गृहमन्त्री शर्मालाई बधाई दिँदै तेस्रो चरणको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुभकामना दिए ।

गृहमन्त्री शर्माले भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि जापानका बौद्ध धर्मावलम्बीको आगमन झनै सहज हुने बताए । उनले जापानी अनुभवका आधारमा उद्धार कार्यमा स्थानीय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताए।