Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

लगातार वर्षाका कारण घरमा क्षति

Thursday, August 3, 2017 National Power

१९ साउन, ताप्लेजुङ – लगातारको वर्षाका कारण ताप्लेजुङमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । पहिरोका कारण पछिल्ला दुई दिनमा तीन घरमा क्षति पुगेको छ भने चार घर उच्च जोखिममा परेका छन् ।

गएरातिको अविरलवर्षापछि पहिरो खस्दा फुङ्लिङ नगरपालिका–१० र ४ मा दुई घरमा भत्किएको छ भने आठराई त्रिवेणी गाउँपालीका–१ निगुरादिनमा एक घर भत्किएको प्रहरीले बताएको छ ।गएरातिको वर्षापछि खसेको पहिरोले फुङ्लिङ नगरपालीका–४ की छत्रमाया लिम्बुको घर भत्काएको छ भने आठराई त्रिवेणी गाउँपालिका–१ का भीमवहादुर विकको घर पनि पहिरोले भत्काएको स्थानीयवासीले जानकारी दिए । पहिरो जानसाथ घरमा भएका विक र लिम्बुका परिवार भागेकाले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कर्यालय ताप्लेजुङले जनाएको छ ।

उता फुङ्लिङ नगरपालिका–१० भालुगौडेमा भने बुधबार विहान पहिरो झर्दा कृष्णबहादुर भट्टराईको घर भत्किएको थियो । बुधबार विहान र राति गएको पहिरोका कारण विस्थापित तीन परिवार अहिले आफन्तको सरणमा बसेका छन् । भट्टराईका छिमेकी नरबहादुर भट्टराई, टेकमान भट्टराई र भक्ति हाङ फुरुम्बु लिम्बुको घर पनि पहिरोको जोखिममा रहेका छन् । तीनै स्थानमा पहिरोका कारण १० लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।