Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

जिसस मुगुमा एमाले विजयी

Thursday, August 3, 2017 National Power


१९ साउन, कालिकोट – मुगु जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ। एक नगरपालिका र तीन गाउँपालिका रहेको मुगु जिल्लाको समन्वय समितिको निर्वाचनका लागि एमालेका तर्फबाट मात्र उम्मेदवारी परेको हो। जिल्ला समन्वय समितिको संयोजकमा एमालेका पूर्णबहादुर रोकाया र उप–संयोजकमा कर्णशिला मल्ल चयन भएका छन्। सदस्यहरुमा मनोसरा टमटा, नरकला भाम, शोभा बुढा, दल बहादुर शाही, झमान सिहं कुमाई र जानुदेवी शाही चयन भएका छन्। एमालेको मात्र एकल उम्मेदवारी परेकाले निर्वाचन बिना नै विजयी घोषणा गरिएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ।