Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

मुग्लिन–नारायणगढ सडकखण्डकोे पहिरोले बस र जीप बगायो

Thursday, August 3, 2017 National Power

१९ साउन, चितवन – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरोले एउटा बस र जीप बगाएको छ । कालिखोला नजिकैको दुई किलो र तीन किलो भन्ने ठाउँमा पहिरो खसेको हो ।

पहिरोले काठमाडौंबाट इलामका लागि छुटेको ना ६ ख ७१२१ नम्बरको बस बगाएर त्रिशूली नदीमा पुर्‍याएको छ । बसका सबै यात्रु र चालक भने सकुशल रहेका चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । बाटोमा ढुंगा खस्न थालेपछि चालकले सबै यात्रुलाई झारेका थिए ।यस्तै पहिरोले बा १५ च ९३८० नम्बरको जीप पनि पुरेको छ । जीपका यात्रु पनि सकुशल छन् । ठूलो झरी परिरहेकाले बाटोमा खसेको पहिरो पन्छाउन समय लाग्ने थापाले बताए । मुग्लिन नारायणगढ सडकखण्ड खुल्न ५/६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।