१८ साउन, रुपन्देही – रुपन्देहीको मंगलापुरमा प्रहरी र स्थानीय विद्युत उपभोक्ताबिच मंगलबार झडप हुँदा ८ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् ।
पटक पटक लोडसेडिङ भएको र लो भोल्टेज हुने गरेको भन्दै तिलोत्तमा नगरपालिका गलापुरका बासिन्दाले बुटवल भैरहवा सडकमा चक्काजाम गर्न खोजेका थिए । उनीहरु मंगलापुरस्थित विद्युत शाखामा तालाबन्दी गरेर सडकमा उत्रेका थिए ।
प्रहरीले अवरोध हटाउन खोज्दा झडप भएको हो । सडक जाम गरेर ढुंगामुडा गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीले बताउनुबताए। प्रहरीले तीन सेल अश्रु ग्यास प्रयोग गरेको थियो । झडपका क्रममा दुई वटा गाडीमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।