१८ साउन, काठमाडौं – खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । मंगलबार रातिदेखि लागु हुने गरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
अब ग्यास प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ पर्नेछ । ग्यासको भाउ घटाए पनि अरु पेट्रोलियम पदार्थको भाउ भने नघटेको निगमले जनाएको छ ।