Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

जिल्ला समन्वय समिति कास्कीमा एमालेका क्षेत्री निर्वाचित

Tuesday, August 1, 2017 National Power

१७ साउन, पोखरा – जिल्ला समन्वय समिति, कास्कीको संयोजकमा नेकपा (एमाले)का बैनबहादुर क्षेत्री अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले आठ दिनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सोमबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको भए पनि अन्य दलबाट कुनै पनि मनोनयन नपरेपछि पोखरा लेखनाथ महानगरपालिका–२८ का क्षेत्री निर्वाचित भएका हुन् ।

समन्वय समितिको उपसंयोजकमा एमालेबाटै पोखरा लेखनाथ–३१ का सावित्री भण्डारी, सदस्यहरुमा मादी गाउँपालिकाका बृहस्पति सापकोटा, माछापुच्छरे गाउँपालिकाका विष्णुप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका जगनमाया गुरुङ, पोखरा–२१ का सीतादेवी विक, पोखरा–१६ का गुमादेवी अधिकारी, १५ का तोरणबहादुर बानियाँ र अल्पसंख्यकबाट रुपा गाउँपालिकाका रुपबहादुर माल थापा निर्विरोध निर्वाचित भएका छन् ।जिल्ला समन्वय समितिका लागि जिल्ला सभाका सदस्य नै प्रस्तावक र समर्थक हुनु अनिवार्य छ । कास्कीका पाँच स्थानीय तहबाट १० जना जिल्ला सभा सदस्य रहेकामा एमालेका नौ र नेपाली काँग्रेसका एकजना रहेका छन् ।