Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

राष्ट्रपति मदुरो र विपक्षीबिचको तनावका कारण राजनीतिक अस्थिरता बढ्दै

Tuesday, August 1, 2017 National Power

१७ साउन – अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि प्रतिबन्ध लगाएको छ । भेनेजुएलामा भएको विवादास्पद चुनावपछि अमेरिकाले मदुरो तानाशाह रहेको भन्दै उनीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि अमेरिकामा रहेको मदुरोको सबै सम्पत्ति फ्रिज भएको छ । यस्तै अब कुनै पनि अमेरिकी व्यवसायिक संस्था तथा व्यक्तिले मदुरोसँग कारोबार गर्न पनि पाउने छैनन् ।

भेनेजुएलामा आइतबार विरोध प्रदर्शनकाबिच संविधानसभा चुनाव भएको थियो । प्रदर्शनको क्रममा कम्तिमा १० जनाको ज्यान गएको थियो । राष्ट्रपति मदुरोले आइतबारको चुनाव परिवर्तनका लागि रहेको र प्रतिबन्धले आफूलाई कुनै फरक नपर्ने बताएको छ । सोमबार टेलिभिजन सम्बोधनको क्रममा मदुरोले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धले डोनाल्ड ट्रम्पको घृणाको स्वरुप देखिएको बताए । विपक्षी गठबन्धनले आफूहरुले संविधानसभालाई नमान्ने बताएका छन् । भेनेजुएलामा राष्ट्रपति मदुरो र विपक्षीबिचको तनावका कारण राजनीतिक अस्थिरता बढ्दै गएको छ ।