Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

१२० स्वास्थ्य केन्द्रका लागि १५ करोड रुपैयाँका आधारभूत उपकरण खरिद

Monday, July 31, 2017 National Power

१६ साउन, काठमाडौं – देशभरका १ सय २० वटा प्राथमिक स्वास्थ्य केन्द्रका लागि सरकारले ४३ प्रकारका आधारभूत उपचार उपकरण खरिद गरेको छ ।
ती उपकरण आफ्नो भवन भएका प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यकता हेरी प्रदान गरिने स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.भीमसिंह तिनकरीले जानकारी दिए । उपचारका लागि आधारभूत उपकरण नभएको भन्दै चिकित्सक स्वास्थ्य केन्द्रमा जान आकाकानी गरेपछि १५ करोड रुपैयाँका आधारभूत उपकरण खरिद गरिएको उनले बताए । प्रयोगशालामा उपकरण, सुत्केरी गराउने शैय्या, एक्सरे मेसिन, फ्रिज, रक्तचाप नाप्ने यन्त्र, ट्रली, सुत्केरी सामग्री, ड्रेसिङ सामग्री, बिरामी जाँच गर्ने साधन लगायत उपकरण खरिद गरिएको हो । एउटा प्राथमिक स्वास्थ्य केन्द्रले छ लाख ७० हजार ९ सय ३३ रुपैयाका ४३ प्रकारका उपकरणका प्राप्त गर्ने भएका छन् ।