Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

सेनाका सिपाही भट्टराई मृतावस्थामा फेला

Sunday, July 30, 2017 National Power


१५ साउन, बनेपा – नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन् । काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

काठमाडौँको सुन्दरीजलमा नेपाली सेनामा कार्यरत भट्टराई विवाह भएको तीन महिनापछि नै श्रीमानसँग अलग भएर बस्दै आएको प्रहरीले जनाएको छ ।उनी शनिबार बिहानैदेखि हराएको र बेलुका ५ बजे उनको शव फेला परेको उल्लेख गर्दै घटनाको अनुसन्धान भएपछि वास्तविकता खुल्ने प्रहरीले बताए । उनी बिहीबार मामाघर आएकी थिइन् ।