Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

भरुवा बन्दुकसहित दुई जना पक्राउ

Saturday, July 29, 2017 National Power

१४ साउन, ताप्लेजुङ – प्रहरीले ताप्लेजुङमा भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।ताप्लेजुङ सिरिजङघा गाउँपालिका– ५ बस्ने २८ वर्षीय सनकुमार मावो र सोही गाउँपालिका ८ घर भई वडा नम्बर ५ मा डेरा गरी बस्ने २२ वर्षीय छिरिङ शेर्पा २ थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले उनीहरुलाई समातेको हो । पक्राउ परेका दुवै जनाको अनुसन्धान भइरहेको जनाएको प्रहरीले जनाएको छ ।