Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न काठमाडौंको विभिन्न स्थानमा विद्युत कटौती हुने

Friday, July 28, 2017 National Power

१३ साउन, काठमाडौं – नेपाल विद्युत प्राधिकरणले नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न काठमाडौंको विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत कटौती हुन लागेको केन्द्रका नायब प्रबन्धक दीपक धितालले जानकारी दिए । धितालका अनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ ।

प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत कटौती हुने जनाएको छ । शुक्रबारदेखि पाँच दिनसम्म चन्द्रनिगाहापुर, हेटौँडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत कटौती हुनेछ । प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत कटौती गर्न लागिएको हो ।