Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न काठमाडौंको विभिन्न स्थानमा विद्युत कटौती हुने

Friday, July 28, 2017 National Power

१३ साउन, काठमाडौं – नेपाल विद्युत प्राधिकरणले नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न काठमाडौंको विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत कटौती हुन लागेको केन्द्रका नायब प्रबन्धक दीपक धितालले जानकारी दिए । धितालका अनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ ।

प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत कटौती हुने जनाएको छ । शुक्रबारदेखि पाँच दिनसम्म चन्द्रनिगाहापुर, हेटौँडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत कटौती हुनेछ । प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत कटौती गर्न लागिएको हो ।