Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

भरतपुर मतगणना विवादबारे सर्वोच्चमा विहीबार पनि बहस

Thursday, July 27, 2017 National Power

१२ साउन, काठमाडौं – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा बिहीबार पनि बहस भैरहेको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरषोत्तम भण्डारीको इजलासमा केही दिनदेखि यो मुद्दामा बहस भैरहेको छ ।
गएको सोमबार सुनुवाई नसकेपछि बिहीबार फेरि बहस भएको हो । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गराउने निर्णय गरेको थियो । त्यसपछि १९ नम्बर वडाका वडा सदस्य गुञ्जमान बिकसमेतले आयोगको निर्णय खारेज गरी मतगणना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।