Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

होटलमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

Thursday, July 27, 2017 National Power

१२ साउन, कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा रहेको एक होटलमा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार बिहान विद्युत सर्ट भएर पुनर्वास नगरपालिका–६ आबिआरडी बजारमा रहेको पुनर्वास न्यु सम्राट रेष्टुरेन्टमा आगलागी भएको हो ।
बिहान ६ बजे विद्युत सर्ट भएर रेष्टुरेन्टको सेमिनार हलमा आगलागी भएको रेष्टुरेन्टका सञ्चालक सञ्जु गुरुङले जानकारी दिए । आगलागीबाट रेष्टुरेन्टमा रहेका कुर्सी, टेबल, इन्भटर लगायतका सामग्री जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।