Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

त्रिशूली नदीमा चालकसहित ट्रिपर खसेर बेपत्ता

Thursday, July 27, 2017 National Power

१२ साउन, धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ को बिहानीपम्प नजिकैबाट बिहीबार बिहान एउटा ट्रिपर त्रिशूली नदीमा खसेको छ । बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।

ट्रिपरको खोजी भइरहेको तर वर्षाका कारण नदीको बहाव बढेकाले केही समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।