१२ साउन, धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ को बिहानीपम्प नजिकैबाट बिहीबार बिहान एउटा ट्रिपर त्रिशूली नदीमा खसेको छ । बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।
ट्रिपरको खोजी भइरहेको तर वर्षाका कारण नदीको बहाव बढेकाले केही समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।