Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

पत्रकारमाथि हातपात गर्ने पक्राउ

Thursday, July 27, 2017 National Power

१२ साउन, धनुषा – धनुषाको मिथिला नगरपालिकामा पत्रकारमाथि हातपात तथा दुव्र्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मिथिला नपा–८ लालगढमा एभिन्यूज तथा रातोपाटीका पत्रकार राजेश विद्रोहीलाई हातपात गर्दै दुव्र्यवहार गरेको आरोपमा मिथिला नपा– ८ बस्ने १९ वर्षीय अजय श्रेष्ठ, २२ वर्षीय गणेश श्रेष्ठ र २० वर्षीय तीलक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । फोटो खिचेको निहुँमा पत्रकार राजेशलाई हातपात गर्दै मोबाइलसमेत फुटाइदिएका हुन् । पत्रकारलाई कुटपिट गरिएको घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी टोलीले तीनैजना आरोपीलाई पक्राउ गरेको र हाल सार्वजनिक अपराध मुद्दामा म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।