२०७३ साल साउनमा काभ्रे जिल्लाको कोसीपारीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुलाइ लोक गायक राजु घतानीले गीत मार्फत श्रदान्जली दिएका छन् ।
“बस दुर्घटना कोसीपारी” बोलको गीत मार्फत एक बर्ष अघि भएको दर्दनाक दुर्घटनालाई सम्झने प्रयास गरेका हुन् । उनले उक्त घटनामा परी ज्यान गुमाएकाहरुलाई गीत मार्फत श्रदान्जली दिएको र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको बताए । राजु घतानीको शब्द, स्वर र लयको गीतमा स्थानीय नवराज चौलागाँइ पस्तुतकर्ताको रुपमा रहेका छन् ।
निर्देशक माधव खरेलले यस गीतको भिडियोलाइ निर्देशन गरेको यो भिडियोमा प्रवेश वरालले सम्पादन गरेका छन् भने ख्यातीप्राप्त कलाकार शुरवीर पण्डितले जिवन्त अभिनय गरेका छन् ।
मिडिया एण्ड इन्टरटेनमेन्टको प्रस्तुती रहेको उक्त गीतले ट्राफिक जनचेतनाको लागि पनि उपयुक्त हुने निर्माण व्यवस्थापक अर्जुन खरेलकोे दाबी छ ।
भिडियो