१० साउन, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पहिरोका कारण लार्चा पुल पहिरोले भत्किएपछि प्रभावित भएकाहरुका लागि हेलिकप्टर मार्फत खाद्यान्न र औषधि पठाउने तयारी भएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे भन्दा झण्डै २४ किलोमिटर उत्तरमा रहेको कोदारी राजमार्गमा पर्ने भोटेकोशी माथि बनाइएको लार्चा पुल पहिरोले बगाएपछि तातोपानी आसपासका क्षेत्रमा हेलिकोप्टरमार्फत आवश्यक सामग्री पु¥याउने तयारी थालिएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले मोटरेबल पुल भत्किएकाले त्यहाँ बेलिब्रिज बनाउन पनि पहल थाल्ने बताए।