९ साउन, बाग्लुङ – बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।
जलजलादेखि ग्वालीचौर झर्दै गरेको जीप सडकबाट करिब आठ सय मिटर तल खसेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जानकारी दिए ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले तत्काल हेलिकप्टर पठाउन गृहमन्त्रालयमा आग्रह गरिएको पाइजाले बताए । जिप सडकदेखि आठ सय मिटर भन्दा तल खसेको र घटनास्थलदेखि घाइतेको उद्धार गरी सडकसम्म ल्याउने काम भइरहेको छ । घटनास्थल मध्यपहाडी लोकमार्गको ग्वालीचौरदेखि केही माथि भएपनि वर्षातका बेला ठाउँ ठाउँमा सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।