Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

कीर्तिपुर नपाको हरेक वडामा निःशुल्क वाईफाई राखिने,ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहका औषधि निःशुल्क वितरण गरिने

Monday, July 24, 2017 National Power

९ साउन, काठमाडौं – कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा निःशुल्क वाइफाइको व्यवस्था गर्ने भएको छ । नगरपालिकाले प्रथम नगरसभाका निर्णय सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा नगरप्रमुख रमेश महर्जनले हरेक नागरिकलाई इन्टरनेट सुविधा उपलब्ध गराउन सूचना प्रविधि पार्क निर्माण गरिने जानकारी दिए । ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहका औषधि निःशुल्क वितरण गरिने छ ।

हरेक वडामा स्वास्थ्य सेवा विस्तार तथा समय समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ भने नगरवासीको स्वास्थ्य बीमाका लागि चाँडो अध्ययन थालिने छ । नगरपालिकाका अधिकांश वडामा खानेपानीको समस्या रहेकाले खानेपानीका लागि वैकल्पिक स्रोत विकास गरी हरेक वडाका नागरिकलाई पानी उपलब्ध गराउने योजना छ ।

समृद्धि एवम् आत्मनिर्भर नगरपालिकाका रुपमा कीर्तिपुरलाई विकास गर्न स्थानीय युवालाई स्वरोजगार गराउन प्राविधिक शिक्षालयको अवधारणा ल्याइएको छ । ऐतिहासिक नगरीका रुपमा सो नगरपालिकालाई विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा स्थानीय विकासका कार्यलाई प्राथमिकता दिइने निर्णय गरिएको छ ।