८ साउन, इलाम – सर्पको टोकाईबाट इलाममा एक जनाको ज्यान गएको छ । इलामको देउमाई नगरपालिका–४का गंगा राईको सर्पको टोकाईका कारण ज्यान गएको हो ।विषालु सर्पले टोक्दा ४३ वर्षका राईको उपचारका लागि सर्पदंश अस्पताल झापा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।