Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

लागुऔषधसहित दुई जना पक्राउ

Sunday, July 23, 2017 National Power


८ साउन, काठमाडौं – प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आइतबार पक्राउ गरेको छ। नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौं, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिए। निजहरुका साथबाट रु ४७ हजार नेपाली र एक हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ। मुलुकमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या करिब एक लाख रहेको प्रहरीले जनाएको छ। काठमाडौं, पोखरा, बुटवल, धरानलगायत सहरमा लागुऔषध दुर्व्यसनीको संख्या अरु शहरको तुलनामा बढिरहेको जनाइएको छ। लागुऔषध प्रयोगकर्ता खास गरी १४ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ। पछिल्लो छ वर्षमा लागुऔषध दुव्र्यसनीको संख्या दोब्बर पुगेको तथा सात प्रतिशत महिला रहेको जनाइएको छ।