Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

मालपोत कार्यालयका ४ कर्मचारी घुससहित पक्राउ

Saturday, July 22, 2017 National Power

७ साउन, भक्तपुर – मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् । बागेश्वरीका एक सेवाग्राहीले आफ्नै तीन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानका लागि बाटो राखी प्लट मिलान गर्नका सबै प्रक्रिया पु¥याई निवेदन दिएकोमा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्राहीले आयोगमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आयोगको टोलीले कर्मचारीलाई ‘घुस रकम’सहित मध्यपुरथिमि–३ कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट साँझ ७ बजे पक्राउ गरेको हो । अधिकृत श्रेष्ठले सेवाग्राहीबाट रु ५० हजार लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको र त्यसलगत्तै उनीहरुलाई आयोग टोलीले नियन्त्रणमा लिएको हो । आयोगले अभियुक्त चारै जनालाई नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।