Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

डोटीमा पहिरो जाँदा एकको मृत्यु, २ गम्भीर घाइते

Friday, July 21, 2017 National Power


६ साउन, डोटी – डोटी जिल्लामा अविरल वर्षाका कारण पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने पहिरोमा परेर दुईजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान २ बजे पहिरो खस्दा सायल गाउँपालिका १ बिनेवाडाका हरिमल भूलको घर पहिरोमा परेको हो । पहिरोमा परेर हरिमलकी ३ वर्षीया छोरी मनीषा भूलको मृत्यु भएको छ । घरमुली हरिमल र उनकी श्रीमती जमुना भूलको अबस्था गम्भीर रहेको स्थानीय प्रेम नेपालीले जानकारी दिए । उनीहरु घरमा सुतेका बेला पहिरो खस्दा उनकी तीन वर्षीया छोरीकीको मृत्यु भएको हो । घरमा रहेका १ छोरा र १ छोरी भने सकुशल रहेको प्रेम नेपालीले जानकारी दिए। स्थानीय छपाली स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि घाइतेहरूलाई धनगढी अस्पतालमा पठाइएको छ ।