Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

राप्रपाको केन्द्रीय समितिको बैठक शुक्रबार सकिँदै

Friday, July 21, 2017 National Power

६ साउन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार सकिँदैछ । काठमाडौंको एक बैंक्वेटमा चलिरहेको बैठकमा पार्टीभित्रको अनसन्तुष्टि, चुनावी परिणामको मुल्यांकन र सरकारमा सहभागी हुने/नहुने लगायत विषयमा छलफल भइरहेको छ ।

गएको बुधबारदेखि सुरु भएको बैठक पशुपतिशमशेर राणा लगायत केही नेताले बैठक बहिष्कार गरेका छन् । बैठकमा राणासहित नवराज सुवेदी, हरिबहादुर बस्नेत लगायत नेता गएका छैनन । शुक्रबारको बैठकले पार्टीभित्रको विवाद मिलाउने र सरकारमा जाने विषयमा निर्णय गर्न सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।