Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा

Friday, July 21, 2017 National Power

६ साउन, – भारत आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति इंग्ल्याण्डको डर्बीमा भएको खेलमा भारतीय महिला टिमले अस्ट्रेलियाको महिला टिमलाई ३६ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रन बनायो । उसका लागि एजे ब्ल्याकवेलले ९० तथा इजे भिल्लानीले ७५ रनको योगदान दिएपनि हार टार्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको भारतीय महिला टिमले निर्धारित ४२ ओभरमा ४ विकेटको क्षतिमा दुई सय ८१ रन बनायो । भारतको जितमा हिरो बनिन् हरमनप्रित कौर । उनले एक सय १५ बलमा नटआउट एक सय ७१ रन बनाइन् । यसक्रममा उनले ७ छक्का र २० चौका प्रहार गरिन् । फाइनलमा अब भारतले आइतबार लर्ड्समा इंग्ल्याण्डसँग खेल्नेछ ।