Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न काँग्रेस प्रदेश नं २ को भेला सुरू

Thursday, July 20, 2017 National Power

५ साउन, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न प्रदेश नं २ को भेला बोलाएको छ ।
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको उपस्थितमा हुने भेला बिहीबार बिहान राजधानीको नयाँ बानेश्वरमा हुने पार्टी कार्यालयले जनाएको छ । भेलामा प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।