Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

फर्निचर उद्योगमा आगलागी

Thursday, July 20, 2017 National Power

५ साउन, भक्तपुर – भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।

स्थानीय बासिन्दा चरण खायमलीले संचालन गरेको फर्निचर उद्योगमा मध्यरातमा भएको आगलागीबाट १६ लाख रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

राति पौने १२ बजे लागेको आगोले उद्योगमा रहेका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वारुण यन्त्र भक्तपुर र ललितपुरका दमकलल तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै २ बजे आगो नियन्त्रणमा लिएको थियो ।