५ साउन, भक्तपुर – प्रहरीले भक्तपुरका विभिन्न ठाउँबाट हतियार देखाएर लुटपाट गर्दै हिँड्ने लुटेरालाई पक्राउ गरेको छ ।
लुटपाटमा संलग्न रहेका भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बस्ने ३० वर्षका प्रविण श्रेष्ठ, कैलाली धनगढी ७ स्थायी घर भई अहिले सूर्यविनायक नगरपालिका ३ बस्ने २१ वर्षका सुरज चौधरी र काभ्रे मङ्गलटार ८ स्थायी घर भई अहिले सूर्यविनायक ४ बस्ने २० वर्षका ईन्द्र सिंह तामाङलाई पक्राउ गरी थप अनुसन्धान एवं कारबाही अगाडि बढाएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिए ।
पक्राउ पर्नेहरुको साथबाट पञ्हरीले चक्कु, दुई थान मनि पर्स, नाईलनको डोरी, चारवटा मोबाईल, एउटा घडी, गाँजा २५ ग्राम, नेराभेट ७ चक्की, नगद एक हजार ३८० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।