Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

पत्रकार शाक्यको सम्झनामा श्रद्धाञ्जली सभा

Wednesday, July 19, 2017 National Power

आफैले मृत्यु बरण गरेका पत्रकार सविन शाक्यको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । आज राजधानीको सिटिम्याक्स सिनेमा हलको सभा कक्षमा पत्रकार शाक्यको १३ औं पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो।

पत्रकार शाक्यलाई श्रद्धाञ्जली दिन अग्रज देखि अनुज सम्मका चलचित्र पत्रकारका साथै चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । जहाँ सविनसँगका विभिन्न पलहरुलाई सम्झदै उनीहरु भावुक बनेका थिए । सविनका समकक्षी पत्रकारहरु शान्तिप्रिय, डव्बु क्षेत्री सहित निर्देशक मोहन निरौला, कलाकार निर्मल शर्मा, चलचित्रकर्मी देबेन्द्र खड्गीलगायतले उनको व्यक्तित्वको चर्चा गर्दै आफुसँगका सम्झनाहरु बाढेका थिए ।

बरिष्ठ पत्रकार शाक्यले दुई दशक भन्दा बढी लामो समय चलचित्र पत्रकारिता गरेका हुन । चलचित्र पत्रकारितामा अतुलनीय योगदान दिएका शाक्यले केही चलचित्रको लेखन तथा निर्माण समेत गरेका छन् । साथै उनीद्वारा सम्पादित केही पुस्तक समेत प्रकाशन भइसकेका छन् ।
फिल्मी खबर साप्ताहिकका पूर्व स्तम्भकार समेत रहेका शाक्यको सम्झनामा सोही पत्रिकाले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।