Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

चरेशसहित सातजना पक्राउ

Wednesday, July 19, 2017 National Power

४ साउन, मकवानपुर – सशस्त्र प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट बुधबार बिहान ठूलो परिमाणमा लागुऔषध चरेशसहित सातजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीबल हेटौडाले विशेष सुराकीका आधारमा ३० किलो चरेशसहित सातजनालाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको ट्याक्सीसहित ३३ हजार ६ सय ९० भारतीय रुपैयाँ पनि बरामद गरिएको सशस्त्र प्रहरीबल हेटौंडाका प्रहरीले जानकारी दिए। प्रहरीले चरेशसहित पक्राउ पर्नेमा बिक्रम स्याङतान र हिरा स्याङतान, भारत लखनौका निर्भय सिंह, भारत रक्सौलका मुकेश सराफ, भारत मोतिहारी रमगड्वाका कलावती देवी, रौतहट राजपुर फरादवाका कमला खातुन र रौतहट बलराका सरोज पटेललाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।