Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चरेशसहित सातजना पक्राउ

Wednesday, July 19, 2017 National Power

४ साउन, मकवानपुर – सशस्त्र प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट बुधबार बिहान ठूलो परिमाणमा लागुऔषध चरेशसहित सातजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीबल हेटौडाले विशेष सुराकीका आधारमा ३० किलो चरेशसहित सातजनालाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको ट्याक्सीसहित ३३ हजार ६ सय ९० भारतीय रुपैयाँ पनि बरामद गरिएको सशस्त्र प्रहरीबल हेटौंडाका प्रहरीले जानकारी दिए। प्रहरीले चरेशसहित पक्राउ पर्नेमा बिक्रम स्याङतान र हिरा स्याङतान, भारत लखनौका निर्भय सिंह, भारत रक्सौलका मुकेश सराफ, भारत मोतिहारी रमगड्वाका कलावती देवी, रौतहट राजपुर फरादवाका कमला खातुन र रौतहट बलराका सरोज पटेललाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।