Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

मोटरसाईकल दुर्घटना हुदा २ को मृत्यु, २ घाइते

Wednesday, July 19, 2017 National Power

४ साउन, चितवन – मोटरसाईकल दुर्घटनामा चितवनमा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

चितवनको रत्ननगर नगरपालिकास्थित बछौलीमा सौराहाबाट रत्ननगरतर्फ आउँदै गरेको ना ४२ प ४०३१ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानिय ४५ वर्षकी सावित्री चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाईकल र चालक भने नियन्णत्रमा रहेको प्रहरीले जनाएको छ । यता गएराती भरतपुर महानगर वडा नम्बर १४ स्थित पश्चिम चितवनको गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको ना ४२ प २१८९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा ४८ बर्षका स्थानिय बलराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।