Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मन्त्रालयको भागबन्डामा कुरा मिल्यो

Wednesday, July 19, 2017 National Power

४ साउन, काठमाडौं – सत्तासाझेदार प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मन्त्रालयको भागबन्डामा कुरा मिलेको छ । लामो रस्साकस्सीपछि मंगलबार बेलुका कांग्रेस र माओवादीबिच मन्त्रालय भागबन्डाको कुरा मिलेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अहिले रहेका ३० मन्त्रालयमध्ये कांग्रेसले १३ र माओवदीले ९ मन्त्रालय पाउने गरी सहमति जुटेको हो । सहमति अनुसार सत्ताको अर्को घटक लोकतान्त्रिक फोरमले तीन मन्त्रालय पाउने भएको छ ।यस्तै राप्रपासहितका साना दललाई सरकारमा सहभागी गराउनका लागि चार मन्त्रालय छुट्याइएको छ भने नेकपा संयुक्तले एउटा मन्त्रालय पाउने भएको छ ।
पार्टीले पाउने मन्त्रालय यस प्रकार रहेको छ ।
कांग्रेसः अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, वाणिज्य र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
माओवादी केन्द्रः परराष्ट्र, गृह, शहरी, स्वास्थ्य, उर्जा, कानुन, पशुपक्षी, कृषि र आपूर्ति
लोकतान्त्रिक फोरमः स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार
राप्रपालगयत साना दलः शान्ति, उद्योग, वन र विज्ञान तथा प्रविधि
नेकपा संयुक्तः वातावरण