Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मन्त्रालयको भागबन्डामा कुरा मिल्यो

Wednesday, July 19, 2017 National Power

४ साउन, काठमाडौं – सत्तासाझेदार प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मन्त्रालयको भागबन्डामा कुरा मिलेको छ । लामो रस्साकस्सीपछि मंगलबार बेलुका कांग्रेस र माओवादीबिच मन्त्रालय भागबन्डाको कुरा मिलेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अहिले रहेका ३० मन्त्रालयमध्ये कांग्रेसले १३ र माओवदीले ९ मन्त्रालय पाउने गरी सहमति जुटेको हो । सहमति अनुसार सत्ताको अर्को घटक लोकतान्त्रिक फोरमले तीन मन्त्रालय पाउने भएको छ ।यस्तै राप्रपासहितका साना दललाई सरकारमा सहभागी गराउनका लागि चार मन्त्रालय छुट्याइएको छ भने नेकपा संयुक्तले एउटा मन्त्रालय पाउने भएको छ ।
पार्टीले पाउने मन्त्रालय यस प्रकार रहेको छ ।
कांग्रेसः अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, वाणिज्य र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
माओवादी केन्द्रः परराष्ट्र, गृह, शहरी, स्वास्थ्य, उर्जा, कानुन, पशुपक्षी, कृषि र आपूर्ति
लोकतान्त्रिक फोरमः स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार
राप्रपालगयत साना दलः शान्ति, उद्योग, वन र विज्ञान तथा प्रविधि
नेकपा संयुक्तः वातावरण