Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

क्या राम्री पुतली भन्दै खनाल (भिडियो सहित)

Tuesday, July 18, 2017 National Power

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज आगन मै आइसकेको छ । तर कलाकारहरुलाई भने तिजको चटारोले छोडेको छैन । दिनहु तिज गितहरु निकाल्ने क्रम रोकिएको छैन । गायक मोेतिराज खनाल र जिवन बाबु श्रेष्ठले क्या राम्री पुतली नामक तिज गित बजारमा ल्याएका छन । उक्त तिज गित गत हप्ता युटुब मार्फत सार्वजनिक गरिएको हो ।

नजर गयो टक्कै, मिल्छ जोडि ठ्याक्कै, क्या राम्री पुतली छम्म छम्म नाची बरिलै यस्तै यस्तै रमाइला शब्दहरुलाई समेटेर खनालले अत्यन्तै रमाइलो तिज गित बजारमा ल्याएका छन । गायक खनालको शब्द तथा लय रहेको उक्त गीतमा गायक खनाल, गायीका पूर्णकला विसी र गिता पराजुलीको स्वर रहेको छ ।

जिवन शाहीको निर्देशन रहेको भिडियोमा बब्बु थापा र अनु शाहको अभिनय रहेको छ । दुर्गा पौडेलको छायांकन तथा अर्जुन पोखरेलको सम्पादन रहेको गितलाई म्युजिक डटकमले बजार व्यवस्थापन गरेको हो । क्या राम्री पुतली तिज गीतलाई युट्युबमा दर्शक श्रोताहरुले निकै नै मन पराएको गायक खनालले साझा नेटवर्कलाई बताए ।

भिडियो