Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

क्या राम्री पुतली भन्दै खनाल (भिडियो सहित)

Tuesday, July 18, 2017 National Power

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज आगन मै आइसकेको छ । तर कलाकारहरुलाई भने तिजको चटारोले छोडेको छैन । दिनहु तिज गितहरु निकाल्ने क्रम रोकिएको छैन । गायक मोेतिराज खनाल र जिवन बाबु श्रेष्ठले क्या राम्री पुतली नामक तिज गित बजारमा ल्याएका छन । उक्त तिज गित गत हप्ता युटुब मार्फत सार्वजनिक गरिएको हो ।

नजर गयो टक्कै, मिल्छ जोडि ठ्याक्कै, क्या राम्री पुतली छम्म छम्म नाची बरिलै यस्तै यस्तै रमाइला शब्दहरुलाई समेटेर खनालले अत्यन्तै रमाइलो तिज गित बजारमा ल्याएका छन । गायक खनालको शब्द तथा लय रहेको उक्त गीतमा गायक खनाल, गायीका पूर्णकला विसी र गिता पराजुलीको स्वर रहेको छ ।

जिवन शाहीको निर्देशन रहेको भिडियोमा बब्बु थापा र अनु शाहको अभिनय रहेको छ । दुर्गा पौडेलको छायांकन तथा अर्जुन पोखरेलको सम्पादन रहेको गितलाई म्युजिक डटकमले बजार व्यवस्थापन गरेको हो । क्या राम्री पुतली तिज गीतलाई युट्युबमा दर्शक श्रोताहरुले निकै नै मन पराएको गायक खनालले साझा नेटवर्कलाई बताए ।

भिडियो