Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

हिलाम्य सडकको छेउबाट चिप्लिएर खोल्सामा खस्दा ज्यान गयो

Tuesday, July 18, 2017 National Power

३ साउन, दैलेख – आठबीस नगरपालिका १ सात्तलाका ३८ वर्षका टेकराज जैसीको हिलाम्य सडकको छेउबाट चिप्लिएर खोल्सामा खस्दा ज्यान गएको छ । खम्बडाँडाबाट एक्लै घर जाने क्रममा सोमबार बेलुका पाफेखोलामा खसेर जैसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

हातको औंला घिनाएर पाक्न थालेपछि खम्बडाँडास्थित मेडिकलमा उपचार गरेर फर्किने क्रममा मध्यपहाडी राजमार्गको चौडा सडक हिलाम्य भएका कारण सडक किनाराबाट हिँड्दा चिप्लिएर खोलामा खसेको प्रहरीले जनाएको छ । आफू घर आउँदै गरेको भनेर मोवाइलबाट घरमा भनेका जैसी अवेरसम्म पनि घर नपुगेपछि खोजी गर्दा मंगलबार बिहान मात्र शव पाफेखोलामा फेला परेको हो । मोवाइल पानीमा खसेको, टाउकोमा चोट लागेर अत्याधिक रगत बगेको र मुखको भाग पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।