Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

नुहाउने क्रममा सेतीनदीले बगाउँदा तीनजना बेपत्ता

Tuesday, July 18, 2017 National Power

३ श्रावण, पोखरा – पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन् ।
सोमबार साँझ नुहाउने क्रममा सेती नदिले बगाउँदा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
बालुवा झिक्ने मजदुरका रुपमा काम गर्ने तीनैजना काम सकेर नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको कास्कीका प्रहरीले बताए ।
प्रहरीका अनुसार सँगै नुहाउन गएका गोम्छे नेपालीले खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगी बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।