Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

Sunday, July 16, 2017 National Power

१ साउन, काठमाडौं – आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आइतबार विहान विशेष अदालतमा शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेको हो । कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम नगरेको देखिएको भन्दै अख्तियाले छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ । शर्मा अहिले पनि अख्तियारको हिरासतमा छन् । तर, महत र ढकाल भने फरार छन् ।