Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

लागू औषधसहित दुई पक्राउ

Sunday, July 16, 2017 National Power

१ साउन, झापा – झापा जिल्लाको मेचीनगरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–१०, धुलाबारीका २८ वर्षीय बैजु सहनी र भारत, जलपाइगडी बस्ने ३१ वर्षीय सञ्जीव राई पक्राउ परेका हुन् ।

सहनीलाई मेचीनगर–७ मा रहेको कालिखोलाबाट शनिबार अपरान्ह ब्राउन सुगरसहित पक्राउ गरिएको र राईलाई मेचीनगर–६, मुलगेटबाट शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । पक्राउ परेका सहनीको साथबाट प्रहरीले ९.७ मिली ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिको छ भने राईको साथबाट प्रहरीले २४ चक्की लागूऔषध नाइट्रोजन ट्याब्लेट फेला पारेको छ ।

सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।