Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

लागुऔषध लिने पुरुषको संख्यामा वृद्धि

Saturday, July 15, 2017 National Power

३१ असार, काठमाडौं – सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडाँै र पोखरा उपत्यकामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरिएको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणमा सो संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

कम्तीमा तीन महिनादेखि सुईद्वारा लागुऔषध लिएका १६ वर्षमाथिका ती क्षेत्रका ६८५ जनामा नमूना सर्वेक्षण गरिएकोे केन्द्र जनाएको छ । तीमध्ये काठमाण्डौं उपत्यकामा सन् २०१७ मा सूईद्वारा लागुऔषध प्रयोग गर्ने पुरुषमा एचआइभीको व्यापकता दर ८ दशमलव ५ प्रतिशत रहेको छ । सन् २०१५ मा भने सो दर ६ दशमलव ४ प्रतिशत रहेको थियो ।

यसैगरी पोखरा उपत्यकाभित्र सन् २०१५ मा २ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१७ मा त्यसमा बृद्धि सन् ४ दशमलव ९ प्रतिशत देखिएको केन्द्रका निर्देशक डा. तरुण पौडेलले जानकारी दिए । सेभ ‘द’ चिल्ड्रेनको आर्थिक एवम् प्राविधिक सहयोगमा केन्द्रले गरिएको उक्त सर्वेक्षणमा ती क्षेत्रका ७४० पुरुष समलिङ्गी र तेस्रोलिङ्गीमा सुईद्वारा लागुऔषध लिनेको संख्यामा समेत वृद्धि भएको देखाएको छ ।