२९ असार, काठमाडौं – सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । वरिष्ठ सचिवमध्येबाट क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
आउँदो सोमबार निजामति सेवाबाट अवकास लिन लागेका क्षेत्रीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो ।
मुख्य सचिव सोमलाल सुवेदी एडिबीको उपकार्यकारी निर्देशकको पद सम्हाल्न बुधबार फिलिपिन्सको मनिला गएपछि सरकारले बिहीबार मुख्य सचिव नियुक्त गरेको हो ।