Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

दुई वर्षपछि जिल्ला प्रशासन कार्यालय भवन निर्माण

Thursday, July 13, 2017 National Power

२९ असार, गोरखा – भूकम्पले जीर्ण भवन भत्केपछि बहाल तिरेर निजी घरमा सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय दुई वर्षपछि आफ्नै भवनबाट सञ्चालनमा आएको छ ।

रु तीन करोड ६० लाख ९८ हजारको लगानीमा थानी निर्माण सेवाले सुविधा सम्पन्न तीनतले भवन निर्माण गरेपछि प्रशासन आफ्नै भवनमा सरेको हो ।

विहीबारदेखि पूर्णरुपमा नयाँ भवनबाट सेवाग्राहीका कामकाज गरिने सहायक प्रमुख जिल्ला अधिकारी, केशवराज शर्माले जानकारी दिए । छ महिना नाकाबन्दीका कारणले निर्माण सामग्रीको अभाव झेल्नुपर्दा भवन निर्माणमा केही ढिलाइ भएको निर्माण व्यवसायी भोला मरहट्टाले बताए ।भूकम्पपछि कारागार छेउमा रहेको निजी घरमा प्रशासन कार्यालय सञ्चालन गर्नुपरेको थियो, जसले गर्दा बैठक कक्षलगायत नहुँदा सेवाग्राहीले समस्या झेलेका थिए । नयाँ भवनमा ठूला बैठक कक्षसहितका सुविधासम्पन्न कोठाहरु निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रशासन कार्यालय भवन नै अपांगमैत्री नभएको भन्दै विरोध पनि भएको छ । साथै राष्ट्रिय अनुसन्धान जिल्लास्थित कार्यालय, सरकारी वकिल कार्यालय, जिल्ला अदालत, जिल्ला कृषि विकास कार्यालय, घरेलु विकास समितिको कार्यालय, प्रजिअ आवास कक्षलगायत भवन पनि निर्माणको तयारीमा छन् ।