२९ असार, बर्दिया- जिल्लाको बढैयाताल गाउँपालिका–३ जोडीपिपलमा पोखरीमा डुबेर बुधबार २ बालकको ज्यान गएको छ ।
पोखरीमा डुबेर स्थानीय कालुसिंह महराका १२ वर्षीय छोरा राजेश महरा र रामसिंह महराका १० वर्षीय छोरा पवन महराको ज्यान गएको हो ।
घर नजिकै रहेको पोखरी तर्ने क्रममा डुवेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरीले जानकारी दिए ।