Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

आगलागी भएको गाई फार्म पीडितलाई ४ लाख राहत

Thursday, July 13, 2017 National Power

२९ असार, काठमाडौं – काठमाडौंको सुन्दरीजलमा भएको गाई फार्म आगलागी पीडितलाई पशुपक्षी विकास मन्त्रालयले ४ लाख रुपैयाँ राहत दिएको छ ।

पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले ४ लाख रुपैयाँको चेक ओम कृषी फार्मका सञ्चालक बाबुराम कार्कीलाई हस्तान्तरण गरेका छन। कार्यविधिमा कुनै पनि कृषि फार्ममा आगलागी भएमा क्षतिपूर्ति दिने व्यवस्था नभएकाले राहत रकम मात्रै दिइएको जानकारी दिए ।

सचिव युवकध्वज जिसीले कार्कीको गाई फार्मका टहरा बनाउनको लागि सहयोग गर्न पनि जिल्ला प्रशासन कार्यालय, जिल्ला पशुसेवा कार्यालय लगायतलाई निर्देशन दिए । असार ३ गते सुन्दरीजलमा रहेको ओम कृषी फार्ममा आगलागी हुँदा १ सय भन्दा धेरै गाई जलेर मरेका थिए । घाइते गाईलाई उपचार गर्न लागेको ३ लाख रुपैयाँ खर्च पनि पशुपक्षी विकास मन्त्रालयले बेहोर्ने पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए।