Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

टेनिसको सेमिफाइनलमा भेनस र कोन्टा भिड्ने

Wednesday, July 12, 2017 National Power

२८ असार – छैटौं वरियताकी बेलायती योहाना कोन्टा र दशौ वरियताकी अमेरिकी भेनस विलियम्स विम्बल्डन टेनिसको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । लन्डनमा गएराती बेलायती कोन्टाले रोमानियाकी सिमाने हालेप र भेनसले लाट्भियाकी जेलेना ओस्टापेन्कोलाई पराजित गरिन् ।
लण्डनस्थित सेन्टर कोर्टमा कोन्टाले अन्तिम चारमा स्थान बनाउन दोस्रो बरियता प्राप्त हालेपमाथी ६ – ७ (२– ७ ),७– ६ (७ – ५) र ६ – ४ को सेटमा पराजित गरिन् । योसंगै २६ बर्षिय कोन्टा पछिल्लो ४० बर्षयता विम्बल्डन टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो बेलायती महिला खेलाडी बनिन् । यसअघि सन् १९७८ मा बेलायती खेलाडी भर्ज्नििया वाड सेमिफाइनलमा पुगेकी थिइन् ।
कोन्टाले अब वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनको सेमिफाइनलमा ५ पटकको च्याम्पियन भेनस विलियम्सको सामना गर्ने छिन् । अमेरिकी भेनसले लाट्भियाकी जेलेना ओस्टापेन्कोलाई ६ – ४ र ७ – ५ ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।
योसँगै ३७ बर्षिय भेनसले विम्बल्डन टेनिसको सेमिफाइनलमा पुग्ने सबैभन्दा पाका खेलाडीको किर्तिमान बनाए । यस्तै भेनसले आफ्नो करियरको १ सयौ जित समेत हासिल गरेकी छिन् ।