Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

घर भत्किदा डोटीमा एकको मृत्यु,छ जना घाईते

Tuesday, July 11, 2017 National Power

​२७ असार, डोटी – डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकामा घर भत्किदा एक जनाको ज्यान गएको छ भने छ जना घाईते भएका छन । पाँच दिन देखी लगातार परेको वर्षाका कारण घर भत्किदा स्थानीय प्रताप अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सोमबार राती १२ बजेको समयमा अधिकारीको पक्की घर भत्किदा घर भित्र रहेका अन्य ६ जना घाईते भएका हुन । घाइतेहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दिल्लीराज विष्टले जानकारी दिए । डोटीमा लगातार परिरहेको वर्षाका कारण ग्रामिण भेगमा ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोका कारण ग्रामिण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द छ ।