Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

हेलिकोप्टर चार्टर गरेर अस्पताल पुर्‍याएकी सुत्केरीको मृत्यु

Monday, July 10, 2017 National Power

२६ असार, कालिकोट – जिल्ला अस्पताल कालिकोटबाट आइतबार हेलिकप्टर चार्टर गरेर प्रसुतीका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएकी तिला गुफा नगरपालिका ११ कि हरिशोभा सुनारको मृत्यु भएको छ। अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत् उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो। सुनारले आइतबार बिहान छोरी जन्माएपछि अत्यधिक रक्तश्राव भएपछि स्वास्थ्यकर्मी र स्थानीयले ५ प्वाइन्ट रगत दान गरेका डा.प्रकाश जिसीले बताए। ५ प्वाइन्ट रगत चढाए पनि रक्तश्राव हुन नरोकिएपछि रेफर गर्नुपरेको जिसीले बताए। रक्तश्रावले बिरामी भएकी सुनारको अहिलेको छोरीसमेत गरी ९ जना छोराछोरी जन्माएको पति दाने विकले सुनाए। यो भन्दा पहिला ५ वटा छोरी जिवित भए पनि ४ वटा जन्मिँदै मरिसकेका थिए। बिरामी हरिशोभा सुनारलाई अक्सिजन चढाएर जिल्ला अस्पतालदेखि एम्बुलेन्समा पञ्चदेवल माविसम्म हेलिकोप्टरमा राखेर नेपालगञ्ज लगिएको थियो। उनलाई नेपालगञ्ज पुर्‍याए लगत्तै भेरी अञ्चल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो।