Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

इराकी प्रधानमन्त्री मोसुलमा

Monday, July 10, 2017 National Power

२६ असार – इराकी प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको भ्रमण गरेका छन। मोसुलमा इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान चलाइरहेको छ । गएको वर्षको अक्टोबर १७ देखि सुरु भएको अभियानको क्रममा इराकी सेनाले मोसुलका धेरै महत्वपूर्ण क्षेत्रमा विजय प्राप्त गरेको छ । प्रधानमन्त्री अल–अबादीले आइएस विरुद्धको कारवाहीमा मिलेको सफलताका लागि सुरक्षाकर्मीलाई बधाई दिनका लागि मोसुलको भ्रमण गरेको प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

सन् २०१४ को जुनमा आइएसले मोसुल आफ्नो कब्जामा लिएको थियो । तर अहिले मोसुलको धेरै जस्तो भाग अमेरिकी हवाई सेनाको सहयोगमा इराकी सेनाले आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।